होमपेज > कृषि विकास बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लसको मोबाइल बैंकिङ सुरुआत

कृषि विकास बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लसको मोबाइल बैंकिङ सुरुआत

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिएको छ । आई डिजिटल एडिबिएल भन्ने नाराका साथ विद्युतिय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ संचालन तथा परिमार्जन गरि बैंकले जानकारी दिएको छ ।

बिज्ञापन

सोही अनुसार भदौ २२ गते शुक्रबारबाट बैंकको मोवाईल बैकिङ सिस्टम अपग्रेड गरेको बैंकको भनाई छ । बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले आकर्षक इन्टरफेस सहित मोवाईल बैंकिङको नयाँ भर्सन एडिबिएल प्लस जारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।

बिज्ञापन

बैंकको नयाँ भर्सन एडिबिएल प्लस मोवाईल बैंकिङमा मोवाईल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेभबाट लगइन गर्न सकिने र यसरी लगईन गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सिमा कायम हुने, बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्धती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरुको व्याजदर, कारोवार रकम तथा म्याचुरिटी डेट हेर्न सकिने, विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोवार गर्न सकिने, मोवाईलको ले आउटमा पर्याप्त ध्यान दिई सेवाग्राहिका लागि सजिलो युजर इन्टरफेस तयार गरिएको लगायतका सुविधाहरु रहेकाछन ।

यसबाहेक ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरु सम्प्रेषण गर्न सकिने गरी कस्टुमर फिड व्याक सम्वन्धी व्यवस्था गरिएको, बैंकले उपलब्ध गराएको डेविट कार्ड हराएमा वा चोरी भएमा मोवाईल बैंकिङबाट कार्ड ब्लकका लागि अनुरोध गर्न सकिने, डेविट कार्डको पिन विर्सेमा पुनः अनुरोध गर्न सकिने, चेक वुक तथा बैंक विवरण अनुरोध गर्न सकिने, वचत खातामा भएको रकमबाट मुद्धती खाता खोल्न सकिने, रजिष्ट्रेशन गर्दाका वखतनै विभिन्न प्रश्नहरु सेट गरी मोवाईल बैंकिङ कारोवारलाई थप सुरक्षीत गर्न सकिने, टु वे अथेन्टीकेशन गरी कारोवारको सुरक्षा गर्न सकिने, खातावालाको प्रोफाइल, खाताको विवरण, कारोवारको विवरण लगायत अन्य क्वीक पे मेन्ट सम्वन्धी फिर्चसहरु थप भएको, बैंकका विभिन्न सेवाहरुको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको, विभिन्न मर्चेन्टहरुको विल भुक्तानी गर्न सकिने, अनलाईन अकाउन्ट, व्याजदर, व्रान्च नेटवर्क लगायत बैंकका विभिन्न सेवाहरुको जानकारी लिन सकिने, रजिष्टरर्ड मोवाइलबाट ग्राहकले मोवाईल बैंकिङ सेवा वन्द गर्न चाहेमा ब्लक लेखि ३२४२५ मा एसएमएस पठाएर सेवा रोक्का गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते