होमपेज > सरकारले स्थानीय तहको निक्षेप लैजादा तरलता अभाव भयो: अध्यक्ष केसी

सरकारले स्थानीय तहको निक्षेप लैजादा तरलता अभाव भयो: अध्यक्ष केसी

बिज्ञापन
बिज्ञापन

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले स्थानीय तहले बैंकहरुमा जम्मा गरेको निक्षेपलाई राष्ट्र बैंकमा लैजादा बजारमा तरलताको अभाव भएको दाबी गरेका छन् । आज  मंगलबार पत्रकार सम्मेलन गरेर केसीले, स्थानीय तहले बैंकहरुमा जम्मा गरेको निक्षेपलाई गणना गर्न दिन माग गरेका छन् ।

बिज्ञापन

उनले भने, ‘सरकारले जुन स्थानीय तहले बैंकहरुमा गरेको डिपोजिट थियो करिब ९० अरब जतिको डिपोजिटलाई अचानक राष्ट्र बैंकमा लिएर जाँदाखेरी त्यसले समस्या परिरहेको छ । अहिले ८८/९० अरबको ६० प्रतिशत आउने भन्ने कुरा हामीसँग कुराकानी गर्दा भैरहेको छ । त्यो आइदियो भने केही सहज होला नत्र भने अझैपनि स्थिति तरलताको हिसावले जुन किसिमले बाहिर भनिएको छ त्यो भन्दा फरक खालको अवस्था हामी देखिरहेका छौ ।’

बिज्ञापन

कर्जा लगानी बढ्न नसक्दा खराब कर्जा बढ्ने सम्भावना रहेको र नयाँ परियोजनाका लागि पनि बैंकहरुमा माग नरहेको भन्दै ब्याजदर घटाउने सन्देश दिन भएपनि केही समय स्थानीय तहको निक्षेप गणना गर्न दिनुपर्ने उनले बताए । आगामी दिनमा तरलताको समस्या हुने केसीको उनको भनाई छ ।

उनले भने, ‘बजारमा तरलताको लागि लोकल लेभलको डिपोजिटलाई जसरी भएपनि सिस्टममा ल्याउनुपर्ने अवस्था छ । किनभने जसरी सोचिएको छ र बाहिर बुझिएको छ त्यो अनुसारको तरलता अहिले पनि बजारमा नभैरहेकै अवस्था हो ।’

बिज्ञापन

उनले सरकारले पूर्वाधारको क्षेत्रमा जसरी पनि खर्च बढाएर बजारमा तरलता ल्याउनुपर्ने उल्लेख गरे । उनले पूर्वाधार क्षेत्रमा खर्च गरेर तल्लो तहसम्म पैसा नपठाएसम्म अहिलेको अवस्थाबाट पार लाग्न नसक्ने धारणा राख्दै सरकारलाई पूर्वाधार क्षेत्रमा खर्च बढाएर तरलता ल्याउन आग्रह गरे ।

‘सरकारले अहिले गर्नुपर्ने काम भनेकै बाहिरबाट ऋण लिएर हुन्छकि यहिको बोन मार्केट वा पब्लिकबाट भएपनि पूर्वाधार क्षेत्रमा खर्च गरेर त्यसको इम्प्याक्ट तल्लो लेवलको मान्छेको हातसम्म पैसा पु¥याउन नसकुनजेल यो समस्या रहिरहन्छ भन्ने हाम्रो बुझाई हो,’ केसीले भने ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते