होमपेज > माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु

माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु

बिज्ञापन
बिज्ञापन

माछापुच्छ्रे बैंकले कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ । बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको हो ।

बिज्ञापन

टोकनाइजेसनलाई विश्वमै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिका रुपमा लिने गरिन्छ । जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ । माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पोसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनका माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

बिज्ञापन

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिनेछ । सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले साझेदारी र सहकार्यलाई आत्मासात गर्दै एफवान सफ्ट इन्टरनेसनल प्रालि र नेपाल क्लियरिङ हाउस र सिटीटेक्स प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो । बैंकले टोकनाइजेसनलाई विस्तारै अन्य प्रोडक्ट तथा सर्भिसमा पनि प्रयोगमा ल्याउने जनाएको छ ।

बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै अगाडि बढिरहेको माछापुच्छ्रे बैंकले विशेषगरी डिजिटल बैंकिङ क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नवीनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आएको छ ।

बिज्ञापन

यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ‘ट्याप एन्ड पे’ सेवा बैंकले सञ्चालनमा ल्याएको जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते