होमपेज > सानिमा बैंकको नयाँ खाता सेवा सार्वजनिक

सानिमा बैंकको नयाँ खाता सेवा सार्वजनिक

बिज्ञापन
बिज्ञापन

सानिमा बैंकले ग्राहकका लागि ‘सानिमा फाइभ इन वान’ खाता सेवा सार्वजनिक गरेको छ। सानिमा फाइन इन वान खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो।

बिज्ञापन

यसअन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्बा र मेरो सेयरको सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।

बिज्ञापन

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो। यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले बैंकको वेवसाइटमा उपलब्ध फाइभ इन वान अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सी–आस्बा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन्।

सानिमा बैंकले ग्राहकलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो। सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्जाल रहेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते