होमपेज > वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि सिटिजन लाइफको आईपिओ खुला

वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि सिटिजन लाइफको आईपिओ खुला

बिज्ञापन
बिज्ञापन

वैदेशिक रोजगारीमा रहेकाहरुले आजेदेखि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओ भर्न पाउने भएका छन् । कम्पनीले निष्काशन सुरु गरेको प्रिमियम मूल्यको आईपिओको पहिलो चरणको निष्काशन आजबाट सुरु भएको हो ।

बिज्ञापन

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपिओ निष्काशन गर्न सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा आज असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बिज्ञापन

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाली बैंकमा खाता खोलेको अवस्थामा आईपिओ भर्न पाउनेछन् । यसको लागि नेपाली श्रमिक वैधानिक बाटोमार्फत अर्थात श्रम स्वीकृति लिएर विदेश गएको हुनुपर्नेछ ।

सिटिजन लाइफले एक करोड १२ लाख ५० हजार कित्ताको कूल आइपिओ निष्काशन सुरु गरेको छ । सो मध्ये ११ लाख २५ हजार कित्ता शेयर बैदेशिक रोजगारीमा रहेकाहरुलाई वितरण गरिनेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते