होमपेज > बैंकिङ क्षेत्रको कुल निक्षेप झण्डै ५५ खर्ब रुपैयाँ पुग्दा कर्जा कति? (सुचीसहित)

बैंकिङ क्षेत्रको कुल निक्षेप झण्डै ५५ खर्ब रुपैयाँ पुग्दा कर्जा कति? (सुचीसहित)

बिज्ञापन
बिज्ञापन

बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप झण्डै ५५ खर्ब रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको यही बैशाख मसान्तसम्ममा सञ्चालनमा रहेका २१ वटा बाँणिज्य बैक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५५ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले कुल ५४ खर्ब ९४ अर्ब ८७ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरेका छन् ।

बिज्ञापन

यो निक्षेप गत आवको सोही अवधिको तुलनामा पाँच खर्ब ४४ अर्ब तीन करोड ३० लाख रुपैंयाँले बढी हो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैक र १७ वटा फाईनान्स कम्पनी सहितका ६१ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम ४९ खर्ब ५० अर्ब ८४ करोड १० लाख रुपैंयाँ रहेको थियो ।

बिज्ञापन

चालु आवको बैशाख मसान्तसम्ममा बाँणिज्य बैंकहरुले मात्र भने कुल ४८ खर्ब ४२ अर्ब ८६ करोड २० लाख रुपैंयाँ निक्षेप संकलन गरेका छन् । यो निक्षेप गत आवको सोही अवधिको तुलनामा चार खर्ब ७० अर्ब तीन करोड ३० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुको यस्तो निक्षेप रकम ४३ खर्ब ७२ अर्ब १५ करोड १३ लाख रुपैंयाँ रहेको थियो । यसैगरी बिकास बैंकहरुले पनि चालु आवको १० महिनाको अवधिमा पाँच खर्ब ४४ अर्ब १६ करोड ८० लाख रुपैंयाँ निक्षेप संकलन गरेका छन् ।

यो निक्षेप गत आवको सोही अवधिको तुलनामा ६४ अर्ब ७८ करोड ८० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुको कुल निक्षेप चार खर्ब ७९ अर्ब ३८ करोड रुपैंयाँ रहेको थियो ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो १० महिनाका फाईनान्स कम्पनीहरुले भने कुल एक खर्ब सात अर्ब ८४ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरेको छ । यो निक्षेप गत आवको सोही अवधिको तुलनामा आठ अर्ब ५३ करोड ६० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुको यस्तो निक्षेप रकम ९९ अर्ब ३० करोड ८० लाख रुपैंयाँ रहेको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते