होमपेज > नेप्से परिसूचक ३५ दशमलव ३७ अंकले घट्यो, पाँच अर्ब ९७ करोडको कारोबार

नेप्से परिसूचक ३५ दशमलव ३७ अंकले घट्यो, पाँच अर्ब ९७ करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ ।

बिज्ञापन

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ७६ अङ्कले ओरालो लागेर चार सय दुई दशमलबव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा बृद्धि भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

बिज्ञापन

आजको कारोबारमा विभिन्न कम्पनीका कूल एक करोड ३३ लाख ४२ हजार नौ सय ९६ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा हिमालयन लायफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु ८३ करोड ७० लाख ३६ हजार सात सय ९१ बराबरको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट रु २८ करोड २२ लाख ६७ हजार पाँच सय ५९, सोल्टी होटल रु २३ करोड ५६ लाख ३८ हजार नौ सय ९९, एशियन लाइफ इन्स्योरेन्स रु १९ करोड ५० लाख ७२ हजार र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १७ करोड २७ लाख ७६ हजार दुई सय ७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

बिज्ञापन

नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सामुदायिक लघुवित्त आठ दशमलब १६ र शुभम् पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ । साथै इन्ग्वा हाइड्रोपावर छ दशमलब ६४, खप्तड लघुवित्त छ दशमलब १५, तारागाउँ रिजेन्सी होटल छ दशमलब ११, मकर जीतमाया सुरी हाइड्रोपावर पाँच दशमलब ८६ र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते