होमपेज > शेयर बजारमा ४०.४८ को वृद्धि, करिब साढे तीन अर्बको कारोबार

शेयर बजारमा ४०.४८ को वृद्धि, करिब साढे तीन अर्बको कारोबार

बिज्ञापन
बिज्ञापन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो लागेर तीन सय ७० दशमलब ५२ अङ्कमा पुगेको छ ।

बिज्ञापन

कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कूल ९५ लाख २८ हजार दुई सय ५५ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ मूल्यमा कारोबार भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार छ सय ९१ बराबर पुगेको छ ।

बिज्ञापन

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु एघार करोड ४७ लाख २४ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्ट रु १० करोड ८७ लाख ७५ हजार पाँच सय १५, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १० करोड ६८ लाख ५० हजार छ सय ३१, नेपाल दूरसञ्चार कम्पनी र आठ करोड १२ लाख ६४ हजार नौ सय ५४ र नेपाल पुनरबीमा कम्पनी रु सात करोड ९३ लाख १४ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार भूगोल इनर्जी र सिटी होटल लिमिटेडको शेयर मूल्यमा १० प्रतिशत बराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ । गुह्यश्वरी मर्चेण्ट बैंक आठ दशमलव ७०, रिलायन्स फाइनान्स आठ दशमलब ३६ र सिटिजन इन्भेस्ट ट्रष्टका लगानीकर्ताले आठ दशमलब ३१ प्रतिशतले कमाएका छन् । यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो तीन दशमलब ८३, मेगा म्युचुअल फण्ड पहिलो दुई दशमलब ५३, मनकामना स्मार्ट लघुवित्त दुई दशमलब ५१, एनआइसी एशिया सेलेक्ट फण्ड दुई दशमलब ४० र प्रभु स्मार्ट फण्डका लगानीकर्ताले एक दशमलब ९४ प्रतिशतले गुमाएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते