होमपेज > नेप्से परिसूचकमा झिनो अंकको गिरावट, कसको कारोबार कस्तो?

नेप्से परिसूचकमा झिनो अंकको गिरावट, कसको कारोबार कस्तो?

बिज्ञापन
बिज्ञापन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ ।

बिज्ञापन

यस्तै, ठूला कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य ८ अङ्कले ओरालो लागेर तीन सय ८१ दशमलव ९३ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहको शेयरमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

बिज्ञापन

कारोबार भएकामध्ये ८८ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय १८ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कूल ३९ लाख ४६ हजार २४ कित्ता शेयर रु एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु छ करोड ५० लाख ६९ हजार नौ सय ८९, सानिमा माई हाइड्रोपावर रु छ करोड ४६ लाख १३ हजार नौ सय ७७, नेपाल पूर्वाधार बैंक रु तीन करोड ७६ लाख २४ हजार पाँच सय ७६ र हिमालयन डिस्टिलरी रु तीन करोड ४४ लाख ६० हजार आठ सय १९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

बिज्ञापन

नेप्सेका अनुसार आँधीखोला लघुवित्त, आर्दश लघुवित्त र खप्तड लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्स छ दशमलव १४, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच दशमलव ७६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स तीन दशमलव ८५, राप्ती हाइड्रो तीन दशमलव ८४, सामलिङ पावर तीन दशमलव ७९, तारागाँउ रिजेन्सी होटल तीन दशमलव ७८, स्वाभिमान लघुवित्तका लगानीकर्ताले तीन दशमलव २९ प्रतिशतले गुमाएका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते