होमपेज > हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु, ३४ अर्ब पुँजी

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु, ३४ अर्ब पुँजी

बिज्ञापन
बिज्ञापन

हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार शुरु भएको छ । आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार शुरु गरेका हुन ।

बिज्ञापन

हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

बिज्ञापन

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताए । हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको अवसरमा सो कुरा बताउनुभएको हो । रु छ करोडबाट शुरु भएको बैंक हाल रु १४ अर्ब पुँजीको बैंक बनेको बैंकको उनको भनाइ थियो । आफ्नै कसरतमा ठूलो बनेको बैंक अब सिभिल बैंकलाई प्राप्ति गरेपछि उत्कृृष्ट बैंक बन्ने उनले दाबी गरे ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले नौ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको जनाए । हिमालयन बैंक आफँैमा ठूलो भएको जनाउँदै उनले राष्ट्र बैंकको नीतिलाई साथ दिनमात्रै सिभिल बैंकलाई प्राप्ति गरिएको बताए ।

बिज्ञापन

३४ अर्ब पुँजी
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी रु ३४ अर्ब पुगेकोे छ । पुँजीका आधारमा हिमालय बैंक छैटाैं ठूलो बैंक हो । यस्तै बैंकको रु दुई खर्ब ७४ अर्ब निक्षेप, रु दुई खर्ब ५० अर्ब कर्जा रहेको बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कूल शाखा एक सय ८९ भएका छन् ।

सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायी प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रको बैंक हो । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ, फैशल एन लाल्टिन, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक रहेका छन् । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा हिमालयन बैंकका राणा रहेका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते