होमपेज > नेप्से झण्डै ५८ अंले घट्यो, राष्ट्र बैंकको कडाइपछि लघुवित्तको शेयर कारोबारमा पहिरो

नेप्से झण्डै ५८ अंले घट्यो, राष्ट्र बैंकको कडाइपछि लघुवित्तको शेयर कारोबारमा पहिरो

बिज्ञापन
बिज्ञापन

लामो समयपछि हिजो (बुधबार) बढेको शेयर बजार आज (बिहीबार) भने उच्च अंकले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से ५७ दशमलव ७४ अङ्कले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ ।

बिज्ञापन

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा लघुवित्त समूहको शेयर ४१२ अंकले घटेको छ । पछिल्लो केही समयदेखि लघुवित्तका कारण ऋणीहरू समस्यामा परेका खबरहरू आइरहेका थिए ।

बिज्ञापन

हिजो मात्र राष्ट्र बैंकले लघुवित्तको नियमनमा थप कडाइ गर्ने व्यवस्था गरेसँगै आज त्यसको असर लघुवित्तको शेयर कारोबारमा देखिएको छ । हिजो पनि लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो । आज ३७ वटा लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ भने आठ वटा लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

शेयर बजार घटे पनि कारोबार रकम भने आज केही बढेको छ । आज २ सय ६० वटा कम्पनीका ६३ लाख २६ हजार कित्ता शेयर २ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ८ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ । समग्रमा बजार घटे पनि आज नेपाल हाइड्रो डेभलपर्स कम्पनी र साम्लिङ पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते