होमपेज > स्मार्टफोनको ब्याट्री लाइफ वृद्धि गर्न भिभोका प्रभावकारी सुझाव

स्मार्टफोनको ब्याट्री लाइफ वृद्धि गर्न भिभोका प्रभावकारी सुझाव

बिज्ञापन
बिज्ञापन

स्मार्टफोनले हाम्रो सूचना प्रवाह तथा पहुँचमा आमूल परिवर्तन ल्याएको छ । यद्यपि, दैनिक रुपमा यी ह्यान्डहेल्ड उपकरणहरूको अत्यधिक प्रयोगले तिनीहरूको ब्याट्री जीवनमा क्षति निम्त्याउन सक्छ । समयपूर्वको ह्रास रोक्न र आफ्नो उपकरणको ब्याट्री जीवनलाई अप्टिमाइज गर्न, केही उत्कृष्ट अभ्यासहरू पालना गर्न सकिन्छ । स्मार्टफोनको ब्याट्रीको आयु वृद्धि गर्ने कोशिस गरेर प्रयोगकर्ताहरूले उपकरणहरू दिनभरका कार्यहरुलाई समर्थन गर्नसक्ने चार्ज सुनिश्चित गर्न सक्छन् । स्मार्टफोनको ब्याट्री लाइफ वृद्धि गर्नका लागि भिभोले ग्राहकलाई दिएका सुझावहरू यसप्रकार छन् ।

बिज्ञापन

पृष्ठभूमिका एपहरू बन्द गर्ने : स्मार्टफोनको ब्याट्री जीवनको दीर्घायु कायम राख्नको लागि, पृष्ठभूमिमा एपहरू प्रयोगमा नभएको बेला निरन्तर चलिरहेको छैन भन्ने यो सुनिश्चित गर्न महत्वपूर्ण छ । यद्यपि यो सधैँ यी एपहरू म्यानुअल रूपमा बन्द गर्न सम्भव नहुन सक्छ, यस्तो कार्यले ब्याट्री जीवनको संरक्षणमा पर्याप्त योगदान गर्न सक्छ । त्यस्तै, यो समस्यालाई कम गर्न, भिभो वाई२०एस जस्ता उपकरणमा लगानी गर्ने विचार गर्न सकिन्छ । यो स्मार्टफोनमा स्न्यापड्रागन ४६० प्रोसेसर रहेको छ जसले ब्याट्री जीवनमा न्यूनतम प्रभाव पार्नुका साथ धेरै एपहरु प्रयोग गर्न सकिन्छ ।

बिज्ञापन

एयरप्लेन मोड अन गर्ने : विभिन्न अवस्थाहरूमा जस्तै कुनै व्यक्ति हवाइयात्रामा हुँदा वा दुर्गम पहाडी क्षेत्रमा पदयात्रा गरिरहेको बेला फोनको नेटवर्क कभरेज उपलब्ध नहुन सक्छ । फोनमा एयरप्लेन मोड सक्षम गर्नाले यस्तो परिस्थितिमा फोनको ब्याट्री जीवनको लागि उद्धारकर्ताको रूपमा काम गर्न सक्छ । लामो यात्राको क्रममा, फोन निष्क्रिय रहँदा पनि ब्याट्री सकिइरहेको हुन्छ । तसर्थ, एयरप्लेन मोड सक्रिय गर्नाले यस्तो लामो यात्रामा फोनको ब्याट्री जीवनलाई प्रभावकारी रूपमा सुरक्षित गर्न सक्छ । यसबाहेक, भिभो भी२३ई जस्ता फोनमा यसको ४०५० एमएएच ब्याट्रीले उसको ब्याट्रीसम्बन्धी चिन्ताहरू समाधान गर्न मद्दत गर्दछ । प्रयोगकर्ताले चार्जिङबारे धेरै चिन्ता नगरी एक दिनभन्दा बढीको लागि यसलाई कुशलतापूर्वक सञ्चालन गर्न सकिन्छ ।

तापक्रमलाई ध्यान दिने : विश्वास गर्नुहोस् वा नगर्नुहोस्, तापक्रमले स्मार्टफोनको ब्याट्री जीवनलाई महत्वपूर्ण रूपमा असर गर्न सक्छ । अत्यधिक गर्मी र चिसो मौसमले ब्याट्रीमा प्रतिकूल प्रभाव पार्न सक्छ । एकै साथ धेरै कार्यहरू गर्दा पनि फोन तात्तिन सक्छ जसले फोनलाई सम्भावित क्षति पु-याउँछ । स्मार्टफोनमा दीर्घकालीन क्षति हुन नदिन तत्कालै कदम चाल्नुपर्छ । घमाइलो दिनहरूमा, धेरै समयसम्म प्रत्यक्ष घाममा राख्ने क्रममा फोन धेरै तात्तिन सक्छ र फोनलाई तात्तिनबाट जोगाँउन प्रत्यक्ष घामबाट टाढा राख्नु महत्वपूर्ण छ ।

बिज्ञापन

एपको नोटिफिकेसन र भाइब्रेसन मोड बन्द गर्ने
स्मार्टफोनमा पावर–सेभिङ सुविधाहरू छन् जसले तिनीहरूलाई स्लिप वा कम पावर मोडमा राख्छ, तर एपहरूबाट बारम्बार नोटिफिकेसन प्राप्त गर्नाले तिनीहरूलाई सक्रिय राख्न सक्छ र ब्याट्री चाँडै समाप्त हुन्छ । यद्यपि कोहीले साइलेन्ट मोडलाई प्राथमिकता दिन्छन्, स्मार्टफोनको ब्याट्रीको आयु लम्ब्याउन आवश्यक नभएसम्म भाइब्रेसन नोटिफिकेसनबाट बच्नु उत्तम हुन्छ ।

फोनको ब्याट्री कम भएको बेला : फोनमा ब्याट्री कम भएको बेला घरबाट टाढा हुँदा, अनावश्यक एपहरुलाई नचलाउने र फोनलाई एयरप्लेन मोडमा राखेर ट्याक्सी बुक गर्नेजस्ता महत्वपूर्ण कार्यहरूका लागि ब्याट्री बचत गर्नु बुद्धिमानी हुन्छ । तर, फोनको ब्याट्री समाप्त भएर सञ्चार नहुनु झन् खराब हो । संवादको लागि, फोनलाई फेरि खोल्नुहोस्, र आउटलेट वा चार्जिङ स्टेसन पत्ता लगाउँदा, कम पृष्ठभूमि गतिविधिहरूसँग छिटो चार्ज गर्न फोनलाई एयरप्लेन मोडमा राख्नु राम्रो हुन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते