होमपेज > एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी तथा सञ्चालकमा भारी नियुक्त

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी तथा सञ्चालकमा भारी नियुक्त

बिज्ञापन
बिज्ञापन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोष कुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन् । कम्पनीको एन आई सी एशिया बैंक लिमिटेडको यही फागुन ५ गते बसेको सञ्चालक समितिको ५९० औँ बैठकको निर्णयले सोही दिन देखि नैं कार्यान्वयनमा आउने राठी र भारीलाई नियुक्त गरेको हो ।

बिज्ञापन

सो अनुसार संस्थाको यही सोमबार बसेको एक सय ६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उनीहरुलाई नियुक्त गरेको छ ।

बिज्ञापन

साथै, उक्त सञ्चालक समिति बैठकबाट नै यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । उक्त पदमा यसअघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

नवनियुक्त सञ्चालक (अध्यक्ष) राठीले सोमबार नैं प्रचलित कानून तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन् ।

बिज्ञापन

यसैगरी सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । राठी र भारी हाल एन आई एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत रहेका थिए ।

राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने भारीको कानून तथा बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले एक सय ६६ औँ सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ्ग अनुभव प्राप्त व्यक्तिहरुलाई संस्थाको सञ्चालकका रुपमा स्वागत गरेका थिए ।

साथै, उनीहरुको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्तीय संस्थाहरु माझमा अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते