होमपेज > नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको फिनपोसमा नेपाल पे ट्याप गर्न सकिने

नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको फिनपोसमा नेपाल पे ट्याप गर्न सकिने

बिज्ञापन
बिज्ञापन

नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट नेपाल पे ट्याप र नेपाल पे क्युआर सेवाको थालनी गरेको छ ।

बिज्ञापन

ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

बिज्ञापन

अब इन्टरनेट बिना पनि ग्राहकले नेपाल पे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी डायनामिक नेपाल पेलाई पनि एनआईएमबीले आफ्नो फिनपोसमा सुचारु गरेको छ । उक्त फिनपोसमा उपलब्ध क्युआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपिएस प्रयोग गर्न सकिन्छ ।


एनआईएमबीले सुरुवात गरेको पोस डिभाइसमा क्युआर र एनएफसी मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो ।
नेपाल पे ट्याप, एनएफसी प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो पिटुपी र पिटुएम भुक्तानीहरूको लागि कन्ट्क्याटलेस भुक्तानीको माध्यम हो । ग्राहकलाई एनएफसी सम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन ।

बिज्ञापन

यससँगै अब ग्राहकले पोसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फिनपोसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा कनेक्ट आईपिएस मोबाइल एप मार्फत उपलब्ध रहेको छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी भएको हुनुपर्दछ । हाल नेपाल पे ट्यापको कारोबार सीमा प्रति कारोबार पाँच हजार रुपैंयाँसम्म रहेको छ र यसलाई ग्राहक आफैंले पनि निर्धारण गर्न सक्दछन् ।

सिटीटेकले विभिन्न बैंकका लागि अल इन वन मेसिनकोरुपमा फिनपोस उपलब्ध गराउँदै आएको छ । मर्चेन्टहरुका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरण मार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरुको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । नेपाल पे ट्याप र नेपाल पे क्युआर सेवा थपिएपछि बैंकले आफ्ना मर्चेन्टहरूलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते