होमपेज > दुई अर्ब २६ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्न राष्ट्र बैंकको प्रस्ताव

दुई अर्ब २६ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्न राष्ट्र बैंकको प्रस्ताव

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैकले दुई अर्ब २६ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले बिहीबार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्धती निक्षेपकोरुपमा २०७९ फागुन चार गतेदेखि २०८० फागुन पाँच गतेसम्म लगानी गर्नको लागि बैंक तथा फाईनान्स कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार यसरी राखिने कुल निक्षेप रकम मध्येमा वाणिज्य बैकहरुको लागि एक अर्ब ८० करोड ८० लाख, विकास बैंकहरुको लागि ३३ करोड ९० लाख र फाईनान्स कम्पनीहरुको लागि ११ करोड ३० लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहने इच्छुक बैंक तथा फाईनान्स कम्पनीहरुले यही माघ २२ गतेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

बिज्ञापन

राष्ट्र बैंकका अनुुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका न्युनतम शर्तहरु तोकिएका छन् ।

 

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते