होमपेज > डिउटीमा खटिएका प्रहरी निरीक्षकको टोलीमाथि आक्रमण

डिउटीमा खटिएका प्रहरी निरीक्षकको टोलीमाथि आक्रमण

बिज्ञापन
बिज्ञापन

कञ्चनपुरमा डिउटीमा खटिएका प्रहरी निरीक्षकसहितको टोलीमाथि आक्रमण भएको छ। बुधबार राति ११ बजेतिर इलाका प्रहरी कार्यालय (त्रिभुवनबस्ती) का प्रहरी निरीक्षक महेशविक्रम शाहको टोलीमाथि आक्रमण भएको हो।

बिज्ञापन

पुनर्वास नगरपालिका–७ बुद्धबस्तीमा लंगुरबुर्जा (स्थानीय भाषामा खडखडे) खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा आफूसहितको टोलीमाथि आक्रमण भएको प्रहरी निरीक्षक शाहले बताए। खडखडे खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको थियो। उक्त समूहले प्रहरीमाथि आक्रमण गर्नाका साथै प्रहरी टोली चढेको भ्यान तोडफोड गरेका हुन्।

बिज्ञापन

घटनास्थलमा स्थानीय भीड बढ्दै गएपछि प्रहरी टोली फिर्ता भएको थियो। प्रहरी निरीक्षक शाहसहित ५ जना प्रहरीलाई सामान्य चोट लागेको छ। प्रहरी टोलीमाथि आक्रमण गर्ने कोही पनि समातिएका छैनन्। उनीहरूको पहिचान गरेर खोजी गरिने प्रहरीले जनाएको छ। प्रहरी भ्यानको अगाडिपिट्टको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

प्रहरीमाथि आक्रमण भएको घटना बाहिरिएपछि छानबिनका लागि डीएसपी जोशी त्रिभुवनवस्ती जाँदै छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते