बिज्ञापन
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने भएको छ।
बिज्ञापन
बैंकले र्याडिसन होटल लाजिम्पाट, काठमाडौंसँगको सहकार्यमा चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यो योजना अघि सारेको हो। सम्झौता अनुसार, बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्।
सम्झौताअनुसार ग्राहकहरूले र्याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत, इजाकाया होकाइडो होटलसहितका खाद्य तथा पेय पदार्थमा २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्रानक्विलिटी स्पा सेवामा १५ प्रतिशत र र्याडिसन फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बिज्ञापन
बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकलाई विदेश यात्रा र बैंकिङ सेवासँगै जीवनशैलीसम्बन्धी सुविधामा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
त्यसैगरी, बैंकले हालै आफ्ना क्रेडिट कार्ड वाहकका लागि नयाँ योजना सुरु गरेको छ । जसअन्तर्गत विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्न सकिने र खरिद रकमलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दीमा रूपान्तरण गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।
महालक्ष्मी विकास बैंकले देशभरका शाखामार्फत वित्तीय पहुँच विस्तार गर्दै ग्राहकमैत्री सेवाहरू निरन्तर थपिरहेको जनाएको छ।








