होमपेज > गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण

बिज्ञापन
बिज्ञापन

गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले २० थान मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ।

बिज्ञापन

बजाज मोटरसाइकल हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने , “अहिलेको समय हाम्रो व्यवसायमा के भएको छ, हाम्रो घरमा के भएको छ त्यो हेर्ने होइन, राज्य बाँच्ने हो भने मात्र हामी बाँच्छौं। राज्यविहीनताको अवस्थामा कोही पनि सुरक्षित हुन सक्दैन।” राज्यलाई थप बलियो बनाउन सबै एकजुट हुनैपर्ने उहाँको भनाइ छ। “अहिलेको समय प्रसव पीडाजस्तै हो, यो परिवर्तनले नयाँ पुस्ताले देखेको सपना साँच्चिकै पूरा हुने विश्वास लिएको छु” गोल्छाले भने ।

बिज्ञापन

सबैका लागि कठिन समय भएको बताउँदै अध्यक्ष गोल्छाले अहिले निराश हुनुपर्ने छुट कसैलाई नभएको धारणा राख्नु भयो। देशको विषम परिस्थितिमा आ-आफ्नो ठाउँबाट सहयोग गर्दा मात्र समस्या समाधान हुनसक्ने विश्वास व्यक्त गरे। “हाम्रो सडक सुरक्षा, हाम्रै दायित्व : सहकार्य गोल्छा ग्रुपको ट्राफिक प्रहरीसँग” भन्ने मूल मर्मलाई आत्मसात गर्दै विपद्का बेला गोल्छा ग्रुपले आवश्यक सहयोग प्रदान गर्दै आइरहेको छ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालय मातहतका भवन र मोटरसाइकलहरुमा समेत क्षति पुगेको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते