होमपेज > नेपाल टेलिकमकाे ‘दसैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक, यस्ता छन् सुविधा

नेपाल टेलिकमकाे ‘दसैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक, यस्ता छन् सुविधा

बिज्ञापन
बिज्ञापन

नेपाल टेलिकमले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ लगायतका पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूको लागि विशेष अफर ‘दसैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक गरेको छ।

बिज्ञापन

सो अफर अन्तर्गत २०८२ असोज ६ गतेदेखि विभिन्न मोबाइल र एफटीटीएच प्याकेजहरूको छुट र सहुलियत दर उपलब्ध गराइनेछ।

बिज्ञापन

अफरका सुविधाहरू

एफटीटीएच प्याकेज जडानमा छुट: नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिनेछ। यो अफर असोज ६ गतेदेखि ३१ गतेसम्म लागू हुनेछ।

बिज्ञापन

मोबाइल सेवाका विशेष डाटा प्याकेजहरू: जीएसएम सेवाका ग्राहकहरूलाई रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेज र रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइनेछ। यी प्याकेजहरूमा Fair Usage Policy (FUP) अन्तर्गत निर्धारित डाटा भोल्यूम समाप्त भएपछि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

भ्वाइस र एसएमएस प्याकेजहरू: रु. २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको ‘जोयफूल मिनेट्स’ प्याकेज तथा रु. ९९ मा १००० अन-नेट एसएमएस सुविधा सहितको ‘फेस्टिव म्यासेज’ प्याकेज उपलब्ध छन्।

यी प्याकेजहरू प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूका लागि ३० दिनसम्म उपलब्ध हुनेछन्।

अफर अवधि: जीएसएम सेवाका प्याकेजहरू असोज ६ गतेदेखि २० गतेसम्म र कार्तिक १ गतेदेखि १० गतेसम्म उपलब्ध हुनेछन्। ग्राहकहरूले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू सजिलै खरिद गर्न सक्नेछन्।

यस अफरको मुख्य उद्देश्य चाडपर्वको समयमा आफन्तसँग अझ बढी सम्पर्कमा रहन र डिजिटल सेवाहरूको प्रयोग बढाउन ग्राहकहरूको प्रोत्साहन गर्नु रहेकाे टेलिकमले जनाएकाे छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते