होमपेज > खोटाङका जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खोटाङका जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिज्ञापन
बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तात्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराईसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याउने बदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

भट्टराईसहित तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल शिवराज राईलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ ।

बिज्ञापन

यस्तै लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापकत्रय राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौड्याल, विद्यालयका तत्कालीन लेखापाल सीता कार्की, भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङ समेतलाई आयोगले प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध जनही पाँच लाखदेखि २४ लाख रुपैयाँसम्म बिगो कायम गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते