होमपेज > को हुन् कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका डिम प्रसाद पौडेल?

को हुन् कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका डिम प्रसाद पौडेल?

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले उनलाई सञ्चालकको रुपमा सिफारिस गरेपछि समितिको आज बसेको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

बिज्ञापन

व्यवस्थापकीय दक्षता र निजी–सार्वजनिक दुवै क्षेत्रको लामो अनुभवका कारण पौडेललाई कृषि विकास बैंकमा ल्याइएको मन्त्रालयले जनाएको छ। नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक समेत रहेका पौडेलले निगमलाई कम्पनी मोडलमा लैजाने पहल गरेका थिए। उनले निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूमा २५ वर्षभन्दा बढी नेतृत्वदायी अनुभव हासिल गरेका छन्। चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल जस्ता संस्थालाई प्रभावकारी व्यवस्थापन गर्दै सफल बनाएको उनको अनुभव प्रशंसनीय मानिन्छ।

बिज्ञापन

त्यसैगरी, वित्त तथा व्यवस्थापन परामर्शदाताका रूपमा उनले नेपाल तथा विदेशका १०० भन्दा बढी कम्पनीहरूलाई परामर्श सेवा दिएका छन्। हाल उनी ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जी लिमिटेडका अध्यक्षसमेत छन्। विसं २०२४ सालमा स्थापना भएको कृषि विकास बैंक नेपालकै पुरानो र ठूलो सरकारी स्वामित्वको वाणिज्य बैंक हो।

सुरुवाती चरणमा कृषकलाई ऋण र सहुलियतपूर्ण वित्तीय सेवा पुर्‍याउने उद्देश्यले स्थापना भए पनि हाल यो बैंकले सम्पूर्ण वाणिज्य बैंकिङ्ग सेवासहित ग्रामीण विकास, सहकारी, लघुवित्त र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ। बैंकको देशभर शाखा सञ्जाल रहेको छ र यो ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्ने प्रमुख सरकारी बैंकका रूपमा चिनिन्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते