नेपालमा ओमोडा एण्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपिजि अटो मोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भि–२३’ सार्वजनिक गरेको छ । आज (सोमबार) काठमाडौं गैरीधारास्थित सिल्भर ओकमा आयोजित ‘प्रिभ्यू कार्यक्रम’ मा ‘आइकार भि–२३’ सार्वजनिक गरिएको हो ।
बिज्ञापन
ओमोडा एण्ड जेइको र आइकार दुवै चिनियाँ अटो मोबाइल निर्माता ‘चेरी ग्रुप’ को हिस्सा हो । जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटो मोबाइल निर्यातकर्ताको स्थान बनाएको छ । चेरीले विश्वका ८० बढी मुलुक र क्षेत्रहरूमा निर्यात गर्दै विश्वभर एक करोड ३० लाख बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।
बिज्ञापन
आइकार भि–२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ ‘बेञ्चमार्क’ स्थापित गरेको छ । साइबर टेक डिजाइनसहितको यो रेट्रो–क्लासिक एसयुभि टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ । यसमा १०० किलोवाटको सिङ्गल मोटर सेटअप रहेको छ । जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ ।
साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ । यस एसयुभीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ एमएम, उचाइ १,८४५ मिलिमिटर र विलबेस २,७३५ मिलिमिटर रहेको छ, जसले सन्तुलित उपस्थिति (स्टेन्स) र स्पेसियस प्रपोसन्नस (बनावट) सुनिश्चित गर्दछ ।
बिज्ञापन
नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै, भि–२३, छ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ । यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ ।
अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ । यस एसयुभिको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरू (डायलहरू)’ रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरूलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ ।
यो एसयुभिको ७० प्रतिशतभन्दा बढी भाग, हाइ– स्ट्रेन्थ–स्टिलको प्रयोग गरी हाइ– रिजिडिटी बडीमा निर्मित रहेको छ । भि–२३ ले ’इन्टरप्राइज ग्रेड ब्याट्री सेफ्टी’ मापदण्ड पालना गरेको छ, जसले iCAUr को टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।
कार्यक्रममा सहभागीहरूले गाडीको ‘इन्टेलिजेन्ट टेक विशेषताहरूको प्रत्यक्ष अनुभव गरेका थिए भने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए । ओमोडा एन्ड जेइकोकोसमेत आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपाली ग्राहकहरूका लागि विद्युतीय सवारी अनुभवलाई नयाँस्तरमा पुर्याउने लक्ष्य राखेको छ ।
आइकार एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको हो । यसको पहिलो मोडल भि–२३ नेपालमा समेत छिट्टै सार्वजनिक हुँदैछ । जसले रगेड एडभेन्चर रेडि क्षमता र स्मार्ट प्रविधिलाई एकैसाथ जोड्दै एसयुभि श्रेणीमा नयाँ परिभाषा दिन्छ ।
एसपीजी अटोमोबाइल्स प्रालिबारे
एसपीजी अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा र जेइको गाडीहरुको आधिकारिक वितरक हो । कम्पनीले नेपालमा Omoda E5, Jaecoo j6 र हाल सालै लोन्च भएको jaecoo j5 बिक्री गर्दै आएको छ ।








