ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आवको तुलनामा गत आवमा खुद नाफा दोब्बरभन्दा बढी अर्थात् १२१.९१ प्रतिशतले वृद्धि भएको छ।
बिज्ञापन
कम्पनीले प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार अघिल्लो आवको असार अन्त्यसम्म कम्पनीले १० कराड ६२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ६३ करोड १४ लाख रुपैयाँबाट बढेर ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७० करोड ४४ लाख रुपैयाँबाट बढेर ८४ करोड ४९ लाख रुपैयाँ पुगेको छ।
बिज्ञापन
बैंकको सञ्चालन नाफा अघिल्लो वर्ष १८ करोड ३८ लाख रुपैयाँ रहेकोमा गत वर्ष ८३.८५ प्रतिशतले बढेर ३३ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १७.१६ रुपैयाँबाट दोब्बरभन्दा बढीले वृद्धि भएर ३८.११ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंकको खराब कर्जा ४.०७ प्रतिशत रहेकोमा यसलाई समेत सुधार गरेर ३.६२ प्रतिशतमा झार्न सफल भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१५.३५ रुपैयाँ छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) १७ करोड १७ लाख रुपैयाँ रहेको छ।
चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३९ लाख रुपैयाँ रहेको छ। बैंकले ९ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।








