नेपाली बजारमा आज सोमबारको दिन सुनको मूल्य घटेको छ ।
बिज्ञापन
सुन आज तोलामा एक हजार १०० रुपैयाँले घटेको लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा एक लाख ९९ हजार २०० रुपैयाँमा खरिद-बिक्री भइरहेको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।








