होमपेज > आज झापा इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन

आज झापा इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने (साउन १८) आज अन्तिम दिन रहेको छ ।

बिज्ञापन

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुलाइरहेको छ । यो आईपीओमा वैदेशिक रोगजारीमा गएका नेपालीले आजसम्म आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो ।

बिज्ञापन

कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरिएको छ । आयोजना प्रभावितका लागि छुट्याइएको १ लाख ९० हजार ९५ कित्ताका आईपीओमा​ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित आयोजनाको १०० मिटर वरपर बस्नेले र बाँकी १ लाख ९० हजार ९५ कित्ताका लागि सोही आयोजनाको १०० मिटर वरपरको क्षेत्रबाहेकमा बस्नेले आवेदन दिन सक्नेछन् ।

प्रभावितले आयोजना स्थान शिवसताक्षी वडा नं. ४, हिमालयन बैंकका शाखाहरू दूधे, दमक, सुरुंगाका साथै माछापुच्छ्रे बैंकको शाखा सुरुंगा, दमकमा पनि दरखास्त फाराम प्राप्त गर्न सक्नेछन् । ती फाराम सोही स्थानमा बुझाउन सकिनेछ । दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते