होमपेज > वैदेशिक रोजगार बोर्डले एक वर्षेमा १ हजार बढीको शव ढुवानी

वैदेशिक रोजगार बोर्डले एक वर्षेमा १ हजार बढीको शव ढुवानी

बिज्ञापन
बिज्ञापन

वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिज्ञापन

बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डले गरेका कामहरूबारे जानकारी दिएका हुन् । बोर्डले गत आर्थिक वर्षमा एक हजार १८० नेपालीको शव मृतकको घरसम्म ढुवानी गरेको हो । त्यस्तै एक हजार २५० जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । त्यो बीचमा ६९८ जना अंगभङ्गरविरामी कामदारलाई आर्थिक सहायता प्रदान गरेको छ भने २७५ जना कामदारका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरेको छ ।

बिज्ञापन

त्यस्तै तीन हजार ९९० जनालाई वैदशिक रोजगार सन्तती छात्रवृत्ति सहायता प्रदान गरेको छ । भने यो एक वर्षको अवधिमा ७० वटा अलपत्र परेको शव झिकाउने काम गरेको छ । भने एक जना अलपत्र कामदारको उद्धार गरेको छ । बोर्डले एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४५८ युवालाई सीपमूलक तालिम दिइएको छ । यसका साथै, श्रमाधान कल सेन्टरको सफल सञ्चालन, टेलिमेडिसिन सेवा, र विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सम्पन्न भएको बोर्डले जनाएको छ ।

आगामी आर्थिक वर्षका नयाँ कार्यक्रम

बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ का लागि बोर्डले पुराना कल्याणकारी तथा उद्धार कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमहरू पनि अघि सारेको छ । कार्यकारी निर्देशक उप्रेतीले संघीय र प्रदेश सांसदहरूका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताए । त्यस्तै वैदेशिक रोजगारीबाट फर्केर सफल उद्यमी बनेकाहरूलाई सम्मान गर्न ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम समेत सञ्चालन गर्नेछ ।

त्यस्तै वैदेशिक रोजगारका विषयमा कलम चलाउने पत्रकारहरूलाई पुरस्कृत गर्ने योजना समेत बोर्डले अघि सारेको छ । बोर्डले चालु आर्थिक वर्षमा पुराना शववाहनको सट्टा दुईवटा नयाँ विद्युतीय शववाहन (एम्बुलेन्स) खरिद गर्ने योजना अघि सारेको छ । डा. उप्रेतीले बोर्ड बहु–सरोकारवाला निकाय भएकाले सबैका स्वार्थ समेटेर काम गर्दा केही आलोचनाहरू स्वाभाविक भएको बताए । विदेशमा रोजगार मेला र गाडी खरिदबारे जवाफ दिदै उनले ऐनले श्रमिक र व्यवसायी दुवैको हितमा काम गर्ने अधिकार दिएको भन्दै ती कार्यक्रमहरू बोर्डको क्षेत्राधिकारभित्रै रहेको जिकिर गरे ।

उनले भने, ‘ऐनको प्रस्तावनाले नै श्रमिक र मालिकको हितको लागि भनेको छ । ऐन–नियम कानुन एकातिर हुँदाहुँदै कसैले उजुरी हालेको भरमा महालेखा र अख्तियारले नकारात्मक लेख्नु हुँदैन।’ लास ल्याएको र बिरामीलाई उद्धार गरेको विषयलाई ‘प्रगति’ भन्नुपर्दा नकारात्मक सुनिने भएकाले विगतको तथ्यांकको आधारमा न्यून लक्ष्य राखिने गरेको उनले स्पष्ट पारे ।

त्यस्तै विदेशमा जेल परेका अधिकांश व्यक्तिहरू लागूऔषध वा मदिरा सेवनजस्ता गतिविधिमा संलग्न भएको र उनीहरू आफैँ कानुनी प्रक्रियामा जान नचाहने भएकाले बजेट भएर पनि खर्च हुन नसकेको उनको भनाइ थियो। पूर्वप्रस्थान अभिमुखीकरण |(एम्इत्) तालिमको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन ड्राफ्ट तयार भइरहेको र त्यसमा सुझाव दिन उनले पत्रकारहरूलाई आग्रह गरे। गन्तव्य देश, विशेषगरी साउदी अरबको कानुनी प्रक्रिया जटिल भएकाले शव ल्याउन ढिलाइ हुने गरेको र यसमा बोर्डको नियन्त्रण नरहेको उनले बताए । श्रमाधान कल सेन्टरलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने काम भइरहेको समेत बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते