एक आर्थिक वर्षमा २ हजार भन्दा बढी प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
बिज्ञापन
आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । यसरी कारबाही पर्नेमध्ये सबैभन्दा बढी तल्लो दर्जा प्रहरी जवान छ । २ हजार ७३ प्रहरी कारबाहीमा पर्दा प्रहरी जवानमात्रै ९२४ जना छन् ।
बिज्ञापन
त्यसैगरी प्रहरी सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५ कारबाहीमा परेका छन् । असई १७३, सर्य ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, इन्स्पेक्टर ३०, वरिष्ठ सई ९, एसएसपी १ र डीएसपी ३ जना कारबाहीमा परेका छन् ।








