होमपेज > एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटीका २२ वटै आउटलेटमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटीका २२ वटै आउटलेटमा विशेष छुट

बिज्ञापन
बिज्ञापन

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सिद्धार्थ हस्पिटालिटीसँग विशेष सम्झौता सम्पन्न गरेको छ।

बिज्ञापन

उक्त सम्झौता अनुसार अब बैंकका ग्राहकहरूले मुलुकभर फैलिएका सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका होटल तथा रेस्टुरेन्टहरूमा विशेष छुटको लाभ उठाउन सक्नेछन्।

बिज्ञापन

सम्झौताका अनुसार, ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा आवास सेवामा अधिकतम २० प्रतिशत र खाद्य तथा पेय सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यो सुविधा एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा मात्र लागू हुने व्यवस्था गरिएको छ।

सिद्धार्थ हस्पिटालिटी अन्तर्गत देशभरका २२ वटा आउटलेटहरूमा छुट सुविधा लागू हुनेछ, जसमा सुदुरपश्चिमदेखि प्रदेश १ सम्मका विभिन्न स्थानहरू समेटिएका छन्। महेन्द्रनगरस्थित ‘सिद्धार्थ होटल न्यू आनन्द’, कैलालीको ‘सिद्धार्थ होटल टिकापुर’ र ‘सिद्धार्थ रिसोर्ट चिसापानी’, भैरहवाको ‘सिद्धार्थ विलासा’, बुटवलको ‘सिद्धार्थ कटेज’, काठमाडौंको बौद्धस्थित ‘सिद्धार्थ बुटिक होटल’, सुर्खेतको ‘सिद्धार्थ सनी रिसोर्ट’, नेपालगञ्जको ‘होटल सिद्धार्थ’ र ‘एस क्याफे’, नारायणघाटको ‘सिद्धार्थ होटल’, चुम्लिङटारको ‘सिद्धार्थ रिभरसाइड रिसोर्ट’, सौराहाको ‘सिद्धार्थ विलासा बन्दास’ लगायतका आउटलेटहरू यस सुविधामा समावेश छन्।

बिज्ञापन

त्यस्तै, तीनकुने, बानेश्वर र धोबीघाटमा रहेका सिद्धार्थ कटेज रेस्टुरेन्टहरू, मेघौलीको ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’, नुवाकोटको ‘सिद्धार्थ वाटर टावर होटल’, ललितपुरको लगनखेलस्थित ‘एस क्याफे’ लगायत अन्य आउटलेटहरूबाट पनि ग्राहकहरूले सो छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया बैंकले बैंकिङ सेवा मात्र नभई जीवनशैलीसँग जोडिएका सुविधाहरू पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले यस्ता सहकार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते