होमपेज > बैंकहरुबाट १० महिनामा साढे ३५ अर्ब माथिको शेयर धितो कर्जा प्रवाह

बैंकहरुबाट १० महिनामा साढे ३५ अर्ब माथिको शेयर धितो कर्जा प्रवाह

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको १० महिनामा (साउनदेखि वैशाख मसान्तसम्म) बैंकहरुबाट साढे ३५ अर्ब रुपैयाँ माथिको शेयर धितो कर्जा प्रवाह भएको छ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार बैंकहरुबाट १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। असारसम्म यो रकम ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको थियो। १० महिनामा बैंकहरुबाट थप ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ सेयर धितो कर्जा गएको हो। यो रकम समीक्षा अवधिमा ३९.२ प्रतिशतले बढेको बैंकले जानकारी दिएको छ ।

बिज्ञापन

वैशाखसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ८५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ५३।३ प्रतिशतले बढेको छ। यसैगरी वैशाखसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ५ करोड ९ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब १० करोड ४९ लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।

वैशाखसम्ममा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २१.१ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५.३ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा १०.८ प्रतिशतले बढेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते