होमपेज > दोहोरो अंकले घट्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

दोहोरो अंकले घट्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

साताको पहिलो शेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा अडिएको छ।

बिज्ञापन

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा अडिएको थियो। सो दिन ७ अर्ब ९७ करोड बराबर मूल्यको सेयर कारोबार भएको थियो। यसदिन ३१३ स्क्रिप्सको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिभर फल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बिज्ञापन

चिलिमे हाइड्रोपावर र छ्यांदी हाइड्रोपावरको शेयर ८:०१ र८:०१ अंकले बढ्दा हिमालयन पावरको ७.९५ प्रतिशतले बढ्यो। यसदिन ओम मेघाश्री फरमाक्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको शेयर १० प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७२ करोड ९५ लाख मूल्य बराबरको शेयर कारोबार भयो। युनिभर्सल पावरले ६२ करोडको सेयर कारोबार गर्दा नगदी ग्रुपको ६१ करोड,बुटवल पावरको ४४ करोड र सानिमा माइ हाइड्रोपावरको ४४ करोडको शेयर कारोबार भयो।

बिज्ञापन

कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १६२ वटाको घटयो। दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। होटेल्स एण्ड टुरिजम र हाइड्रोपावरको उपसूचक सकारात्मक देखिएका हुन्।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते