डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्न सानिमा बैंकले ललितपुरको कुपोन्डोलमा रहेको सफायर एस्थेटिक्स प्रा. लि. सँग सम्झौता गरेको छ।
बिज्ञापन
यस व्यवस्था अन्तर्गत, सानिमा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप (QR स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकहरूले आफ्ना सबै सौन्दर्य सेवाहरूमा १५५ छुटको आनन्द लिन सक्छन्।
बिज्ञापन
त्यसैगरी, बैंकले ग्राहकहरूलाई भुक्तानीको लागि डिजिटल प्लेटफर्महरूको अधिकतम प्रयोग गर्न प्रोत्साहित गर्न विभिन्न छुट र अफरहरू प्रदान गर्दै आएको छ। अफरहरूको विवरण सानिमा बैंकको आधिकारिक वेबसाइट https://www.sanimabank.com/digital-banking/offersमा उपलब्ध छ।
सानिमा बैंकले ७ वटै प्रदेशमा १३४ कार्यालय र १२७ एटीएम नेटवर्कहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।








