होमपेज > नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

बिज्ञापन
बिज्ञापन

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि निष्कासन गरिरहेको ७ वर्षे अवधि तथा वार्षिक ६ % ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ मा आवेदन दिने म्याद लम्बिएको छ।

बिज्ञापन

यसअघि बैंकलेजेठ २१ गते निष्कासन बन्द गर्ने भनेको हो तर सार्वजनिक विदाका कारण निष्कासन बन्द हुने समय १ दिन  थपेर जेठ २२ गते कायम गरिएको बैंकले जनाएको छ।  नेपाल धितोपत्र बोर्डबाट बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजारका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो। जसमध्ये ३० लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख कित्तामा १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी १९ लाख कित्ता सर्वसाधारणमा निष्कासन गरेको हो।

बिज्ञापन

जसमा आवेदन दिंदा घटीमा २५ कित्ता र बढीमा १० लाख कित्तासम्म माग गर्न सकिनेछ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ। ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते