होमपेज > जेठ महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक: कसको कति? हेर्नुहोस्

जेठ महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक: कसको कति? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् ।

बिज्ञापन

बैंकहरूले तोकको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत निक्षेपको ब्याजदर बढीमा २ प्रतिशत भन्दा धेरै अन्तरमा राख्न नपाउने व्यवस्था छ । यस अनुसार साधारण तथा विशेष बचत खाताका ब्याजदरहरू निर्धारण भएका हुन् ।

बिज्ञापन

बचत खातामा सबैभन्दा अधिकांश बैंकले तल्लो सीमा ३ प्रतिशतमै राखेका छन् । तल्लो सीमा नै सबैभन्दा धेरै भने एनआईसी एसिया बैंकको ३.१० प्रतिशत छ । त्यस्तै, बचत खातामा सबैभन्दा धेरै ब्याजदरको माथिल्लो सीमा एनआईसी एसिया बैंककै ५.१० प्रतिशत रहेको छ । यो खातामा माथिल्लो सीमामध्ये सबैभन्दा कम नेपाल एसबीआई बैंकको ३.२० प्रतिशत रहेको छ ।

त्यस्तै, व्यक्तिगत मुद्दती खातातर्फ ३.०० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीमा तल्लो तहको सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ३.०० प्रतिशत रहेको छ । तल्लो तहमै सबैभन्दा धेरै ब्याजदर प्रभु बैंकले ५.१० प्रतिशत अफर गरेको छ । त्यस्तै, व्यक्तिगत मुद्दतीतर्फ माथिल्लो सीमा अनुसार सबैभन्दा धेरै ब्याज एनआईसी एसिया बैंकले ६.६० प्रतिशत दिने जनाएको छ । तल्लो सीमा भने नेपाल बैंकको ५.४५ प्रतिशत रहेको छ ।

बिज्ञापन

एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर हेर्दा भने लक्ष्मी सनराइज बैंकको सबैभन्दा कम ३.५० प्रतिशत र प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै ५.७५ प्रतिशत रहेको देखिएको छ । त्यस्तै, संस्थागत मुद्दती खातातर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । यसमा धेरैवटा बैंकले तल्लो सीमामा न्यूनतम ३.०० प्रतिशत ब्याजदर दिँदै आएका छन् । तल्लो सीमामा सबैभन्दा धेरै ब्याज ३.२५ प्रतिशत रहेको छ । हिमालयन, प्राइम र सिद्धार्थ बैंकले यस्तो ब्याजदरको अफर गरेका छन् । त्यस्तै, माथिल्लो सीमामा सर्वाधिक ब्याजदर निर्धारण गर्नेमा एनएमबि बैंक र एनआईसी एसिया बैंक रहेको छ ।

त्यस्तै, संस्थागत मुद्दतीको माथिल्लो तहमा सबैभन्दा धेरै ब्याज प्राइम कमर्सियल बैंकले ५.७५ प्रतिशत दिँदा माथिल्लो तहमा न्यूनतम कृषि विकास बैंकको ३.२५ प्रतिशत रहेको छ । एक वर्षे मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । एक वर्षे मुद्दतीमा ५ प्रतिशत ब्याज दिने बैंक एनआईसी एसिया रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते