होमपेज > गणितको जादु: “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

गणितको जादु: “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

बिज्ञापन
बिज्ञापन

यहि वैशाख २७ गते (१० मे, २०२५) शनिबार, इम्बार्क कलेज पुल्चोक ललितपुरमा “अनम्याथ म्याथ टक” कार्यक्रम हुने भएको छ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले नेपालमा म्याथ म्याजिकल बनाउन “अनम्याथ म्याथ टक” कार्यक्रमको आयोजना गर्ने भएका हुन । यस नवीन कार्यले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूका लागि अति अप्ठ्यारो लागिरहेको कुरालाई आकर्षक, वास्तविक र विश्व अनुभवहरूमा रूपान्तरण गरेर गणित शिक्षाको परम्परागत दृष्टिकोणहरूलाई चुनौती दिनेछ ।

बिज्ञापन

यस कार्यक्रमकोनेतृत्व अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद्दिवेश बठीजाले गर्ने छन्। बठीजा अनम्याथ स्कूलका सह–संस्थापक समेत हुन, उनको क्रान्तिकारी शिक्षण विधिले भारत, नेपाल र युएईका हजारौं युवा विद्यार्थीहरूलाई प्रेरित गरेको छ । शिक्षाविद्दिवेश बठीजाका अनुसार “गणित भनेको कण्ठस्थ गर्ने विषय होईन, यो त खोजको विषय हो” । “जब विद्यार्थीहरूले उनीहरूको दैनिक जीवन र वरपरको संसारसँग गणित कसरी जोडिएको रहेछ भन्नेकुरा थाहा पाउँछन तब गणितको वास्तविक सिकाइ सुरु हुन्छ ।” कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म चल्नेछ । कार्यक्रममा सहभागीहरूले विभिन्न गतिविधिहरुमा आफ प्रत्यक्ष रुपमा संलग्न भई गणितलाई इमर्सिभ तरिकाले अनुभव
गर्नेछन्–जसले मनोरञ्जन दिँदै सिकाइलाई रमाइलो बनाउनेछ । त्यस्तै गणितसँग सम्बन्धित बहसहरूलेजीवन्त बनाउने छ भनेगणितप्रति विद्यार्थीहरुको आलोचनात्मक सोचलाई अझै तीखोबनाउँछ साथैकार्यक्रममा कथा सुनाउने सत्रहरूले गणितीय अवधारणाहरू पछाडिका
रोचक इतिहासलाई समेत प्रकट गर्नेछ ।

बिज्ञापन

यो विशेष र अनौठो कार्यक्रम भएकोले सिट सीमित छ । अभिभावक, शिक्षक र सरोकारवालाहरूलाई आफ्ना बालबालिका र विद्यार्थीहरूलाई चाँडै आफ्नो नाम दर्ता गर्न अनुरोध पनि गरिएको छ । mentorlabnepal.com/unmath-mathtalk गएर अनलाइनमार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिने छ वा +९७७ ९८०–१११८६८९ मा फोन गरेर पनि नाम दर्ता गर्ने सेवा उपलब्ध रहेको छ । सहभागिता सुनिश्चित गर्न, प्रति सहभागी रु. ९९ मात्र प्रवेश शुल्क राखेको आयोजकले जनाएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते