अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई बर्खास्त गरेका छन्।
बिज्ञापन
ट्रम्पको सरकारका शीर्ष अधिकारीहरूले युद्ध योजनाबारे छलफल गरिरहेको सामूहिक च्याटमा एक पत्रकारलाई भूलवश समावेश गरिएको मामलामा ह्वाइट हाउसमा वाल्जको चर्को आलोचना भएपछि ट्रम्पले उनलाई बर्खास्त गरेका हुन्। घटना एक महिना अगाडिकै हो। यमनमा हुथी समूहमाथि हमलाको योजनाका बारेमा सिग्नल भनिने मेसेजिङ एपको समूहमा चर्चा गरेका थिए।
बिज्ञापन
सो समूहमा भूलवश ट्रम्पले खेदो खन्ने अमेरिकाको एट्लान्टिक पत्रिकाका प्रधान-सम्पादक जेफ्री गोल्डबर्गलाई समेत वाल्जले सामेल गराएका थिए। घटना सार्वजनिक भएपछि ह्वाइट हाउसमा सो विषयमा वाल्जको चर्को आलोचना भएको थियो।
समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति ट्रम्प आफ्नो एक सय दिनको कार्यकाल पुगेपछि मात्रै त्यसबारे निर्णय गर्न चाहन्थे। सोही अनुरूप बिहीबार उनले वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारबाट हटाएका हुन्।








