होमपेज > युरो एनक्यापको क्र्यास टेस्टमा बीवाईडी सिलायन७ ले पायो ५ स्टार

युरो एनक्यापको क्र्यास टेस्टमा बीवाईडी सिलायन७ ले पायो ५ स्टार

बिज्ञापन
बिज्ञापन

बीवाईडी सिलायन७ ले युरो एनक्यापद्वारा गरिएको क्र्यास टेस्टमा नयाँ उपलब्धि हासिल गरेको छ। क्र्यास टेस्टमा बीवाईडी सिलायन७ ले फाइभ स्टार मूल्यांकन प्राप्त गरेको हो।

बिज्ञापन

युरोपको युरो एनक्याप परीक्षणलाई विश्वकै सबैभन्दा कठिन क्र्यास टेस्तमध्ये एक मानिन्छ। बीवाईडी सिलायन७ ले वयस्क सुरक्षा, बाल सुरक्षा, सडक सुरक्षा र सुरक्षा सहयोगजस्ता चार प्रमुख क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्‍यो। युरो एनक्यापकाले यो कारले दुर्घटनाहरूमा राम्रो ह्विपल्याश सुरक्षा प्रदान गरेको, साइड ब्यारियर तथा साइड पोल प्रभाव परीक्षणमा समेत प्रभावकारी सुरक्षा देखाएको बताएको छ । कारले वयस्क सुरक्षामा ८७ प्रतिशत स्कोर ल्याएको थियो ।

बिज्ञापन

लक्जरी ईभी भनिएको बीवाईडी सिलायन७ मा ८२.५६ किलोवाट ब्याट्री प्याक जडान गरिएको छ। इन्ट्री-लेभल प्रिमियम भेरिएन्टले एक पटक चार्ज गर्दा ५६७ किलोमिटरको दाबी गरिएको रेन्ज प्रदान गर्छ। पर्फर्मेन्स संस्करणले भने ५४२ किलोमिटरको रेन्ज दिन्छ तर यसको पावर ५२० बीएचपीभन्दा बढी र टर्क ६९० एनएम रहेको छ, जसले बढी प्रदर्शन सुनिश्चित गर्छ।

सुविधाको लागि दुबै भेरिएन्टमा १५।६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, १२ वटा स्पिकर, प्यानोरामिक ग्लास रूफ, वायरलेस चार्जर, लेभल २ एडीएएस सुइट, ३६०(डिग्री क्यामेरा र चालक थकान निगरानी सिस्टम उपलब्ध छ। सुरक्षाका हिसाबले, दुबै भेरिएन्टमा ११ वटा एयरब्याग प्रदान गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते