होमपेज > एमएडब्लु वृद्धिले पायो ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

एमएडब्लु वृद्धिले पायो ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

बिज्ञापन
बिज्ञापन

नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिलाई चीनको चोङकिङमा आयोजना भएको २०२५ चांगान अटोमोबाइल ओभरसिज पार्टनर कन्फिरेन्समा प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ले सम्मान गरेको छ ।

बिज्ञापन

नेपालभित्र ग्राहक सेवालाई प्रत्याभुत गर्न र चिनियाँ दोस्रो ठूलो अटोमोबाइल निर्माता चांगान ब्रान्डलाई प्रभावकारी रुपमा प्रबद्र्धन गर्न डिलरसिप नेटवर्क विकास तथा विस्तारमा महत्वपूर्ण उपलब्धी हासिल गरेको भन्दै चांगानले एमएडब्लु वृद्धिलाई यो सम्मान दिइएको छ ।

बिज्ञापन

दिपलले केही समयअघि नेपालमा आफ्नो पहिलो वर्ष मनाएको थियो । यो एक वर्षमा दिपलले ८ सयभन्दा बढी कार विक्री गर्नुका साथै एकसयभन्दा बढी चार्जिंग स्टेसनहरुको सञ्जाल बनाउन सफल भएको थियो । हाल नेपालमा एस०७, एस०७ एल, ई०७ र एल०७ गरी चार मोडल उपलब्ध छन् ।

चीनकै सबैभन्दा पुरानो कार निर्माता चांगानको यो सम्मानबाट एमएडब्लु वृद्धि गर्व गर्छ । साथै, ग्राहकलाई विश्वस्तरीय उत्पादन र सेवा दिन अझ बढी प्रतिबद्ध बनेको छ । एमएडब्लु वृद्धिलाई चांगानले यसअघि दीर्घकालिन उर्जा तथा वातावरणमैत्री यातायातको विकास गरेको भन्दै सांग्रिला न्यु इनर्जी डेभलपमेन्ट अवार्ड दिएको थियो ।

बिज्ञापन

नेपाली बजारले विशेषतः डिजाइन र प्रविधिका कारण दिपलका इभीहरुलाई रुचाएको हो । अटोमोबाइल डिजाइनको हब भनेर चिनिने इटालीको टुरिनमा डिजाइन भएको दिपल इभीमा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरु छन् जसका कारण सार्वजनिक भएको एक वर्षमै यो सफल ब्रान्ड बनेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते