होमपेज > सर्वोच्च अदालतले मगायो रविको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात

सर्वोच्च अदालतले मगायो रविको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात

बिज्ञापन
बिज्ञापन

सर्वोच्च अदालतले जिल्ला अदालत रुपन्देहीसँग रवि लामिछानेको मुद्दामा मिसिलमा संलग्न सम्पूर्ण कागजात मगाएको छ ।

बिज्ञापन

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशविरुद्ध गत शुक्रबार लामिछानेको तर्फबाट सर्वोच्चमा ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो ।

बिज्ञापन

उक्त निवेदनमाथि सुनुवाई गर्दै आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो । उक्त आदेशको पूर्णपाठमा उच्चसहित जिल्ला अदालत रुपन्देहीसँग पनि मिसिलमा संलग्न कागजात समावेश गरी पठाउन उल्लेख गरिएको छ ।

मुद्दाको मिसिलमा संलग्न सबै कागजात डिजिटलाइजेसन गरी १५ दिनभित्र पठाउन आदेशमा उल्लेख गरिएको सर्वोच्चका सहरजिस्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए । उच्चबाट कैफियत प्रतिवेदन र जिल्लाबाट मिसिलमा संलग्न सबै कागजात प्राप्त भएसँगै सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज गर्ने वा उच्चको आदेश सच्चाएर थुनाबाहिर बसेर पुर्पक्ष गर्नसक्ने आदेश गर्नेछ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते