होमपेज > त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालको राजीनामा सनाखतपछि स्वीकृति गरिने

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालको राजीनामा सनाखतपछि स्वीकृति गरिने

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा‍‍.डा. केशरजंग बरालको राजीनामा सनाखतपछि स्वीकृत गरिने भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बरालले राजीनामा दिएपछि सनाखत हुन बाँकी रहेको जनाएको छ । राजीनामा सनाखत भएपछि स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गर्नेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले राजीनापत्र आएपछि सनाखत हुन बाँकी रहेको बताए । ‘राजीनामा पत्र आएको छ । तर, यो राजीनामा उहाँले नै दिनुभएको हो वा होइन भन्ने विषयमा सनातख गर्नुपर्ने हुन्छ । त्यसका लागि उहाँ आफैं आएर सनाखतको फाराम भर्नुपर्ने हुन्छ,’ सिलवालले भने ।

बिज्ञापन

सनाखत हुन नसकेपछि स्वीकृतिका लागि प्रधानमन्त्री समक्ष पेश हुन नसकेको उनको भनाइ छ । सनाखत भएर आएपछि राजीनामा स्वीकृति गर्ने मनसाय प्रधानमन्त्री ओलीको देखिएको छ । ‘राजीनामा दिइसकेपछि स्वीकृति नगर्ने भन्ने हुदैन । फेरि काममा फर्केर काम गर्ने के मनासाय होला र रु’ सिलवालले भने । बरालले दिएको राजीनामा फिर्ता गराएर काममा फर्काउन पहल समेत भइरहेको छ । त्यसका लागि रेक्टर प्राडा खड्क केसी तथा रजिष्ट्रार प्राडा केदार रिजाल बराललाई भेट्न पोखरा नै पुगेका थिए ।

भेटका क्रममा आफुहरू सहयोग गर्न तयार रहेको बताउँदै राजीनामा फिर्ता लिन अनुरोध गरेका थिए । तर, बरालले चौतर्फी रूपमा असहयोग भएको बताउँदै काममा फर्किन सकिने अवस्था नरहेको बताएका थिए । त्यसपछि उपकुलपति कार्यालयका कर्मचारीहरू समेत बराललाई भेट्न पोखरा पुगेका थिए । बरालको राजीनामापछि उनले नियुक्त गरेका रेक्टर र रजिष्ट्रारमाथि समेत राजीनामा गर्न दबाब परेको छ ।

बिज्ञापन

एमाले निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताहरू तथा प्राध्यापक, कर्मचारीहरूले दुवै जनालाई समेत राजीनामा दिन दबाब दिदै आएका हुन् ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते