आज कन्य च्याउको मूल्य घटेको छ।
बिज्ञापन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार करिब २४ प्रतिशतले घटेको हो । सोमबार किलोको २३६ रुपैयाँ ६७ पैसा कायम भएको कन्य च्याउको मूल्य आज ५६ रुपैयाँ ६७ पैसा घटेर १८० रुपैयाँमा कारोबार भएको छ ।
बिज्ञापन
आज तितेकरेला, भिण्डी र हरियो प्याजको मूल्य पनि घटेको छ । तितेकरेला ९५ बाट घटेर ८५ मा झरेको छ । भिण्डी १२५ बाट १०५ र हरियो प्याज ५५ बाट घटेर ४५ मा कारोबार भएको छ ।








