शेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेको छ । शून्य दशमलव १२ प्रतिशतले बढेर २७०३.३९ विन्दुमा उक्लिएको छ । बुधबार २३.८६ अंकले बढेर २७००.०४ विन्दुमा बन्द भएको थियो ।
बिज्ञापन
कुल ९३ कम्पनीको शेयर मूल्य बढ्यो भने १५१ कम्पनीको मूल्य घट्यो । आज ६९ हजार ८९ पटकको शेयर किनबेचबाट ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बिज्ञापन
कुल १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर किनबेच भयो । बैकिङ, जलविद्युत्, निर्जीवन बिमा र अन्य उपसमूहबाहेक सबै उपसमूहहरु बढ्यो ।








