होमपेज > रु.पाँच सयको २३ करोड थान नयाँ नोट छाप्दै नेपाल राष्ट्र बैंक

रु.पाँच सयको २३ करोड थान नयाँ नोट छाप्दै नेपाल राष्ट्र बैंक

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले रु. ५०० दरका नयाँ नोट छाप्ने निर्णय गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै, नयाँ ५०० दरका २३ करोड थान नयाँ नोटहरूको प्रचलनमा ल्याउनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जनाएको छ।

बिज्ञापन

नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताहरूलाई गोप्य शिलबन्दी बोलपत्र पेस गर्नका लागि आह्वान गरिएको छ। इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने क्रममा २० हजार रुपैयाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२ पाउन्ट स्टेर्लिङको शुल्क लाग्ने छ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले यसका लागि प्रिक्वालिफिकेसन प्रक्रिया अन्तर्गत ६ वटा विदेशी कम्पनीलाई छनौट गरिसकेको छ। यी कम्पनीहरूमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्कस रहेका छन्।

प्रिक्वालिफिकेसनमा चयन भएका यी ६ वटा कम्पनीले अब बोलपत्र पेस गर्न सक्नेछन्, र सबैभन्दा कम लागतमा नोट छाप्ने प्रस्ताव प्रस्तुत गर्ने कम्पनीलाई राष्ट्र बैंकले बैंक नोट छाप्ने ठेक्का दिनेछ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते