एनएमबी बैंकले १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
बैंकको संस्थापक शेयरधनी शान्ति रमण वाग्लेको नाममा रहेको उक्त कित्ता शेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ। उक्त शेयर विद्यमान संस्थापक शेयरधनीको लागि बिक्रीमा राखिएको हो। इच्छुक विद्यमान संस्थापक शेयर धनीहरुले आजको मितिबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने छ।
बिज्ञापन
यदि उक्त अवधिसम्म आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने बैंकले स्पष्ट पारेको छ।








