एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र ‘एभरेष्ट बैंक ऋणपत्र–२०९१’ चैत १ गते शुक्रबार बाँडफाँड भएको छ। फागुन १८ देखि २३ गतेसम्म जारी गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको हो।
बिज्ञापन
बैंकले प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरमा ११ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याएको थियो। जसमध्ये रीतपूर्वक आवेदन दिने ५ हजार ६९७ जना आवेदकमा ऋणपत्र बाँडफाँट गरिएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ।
बिज्ञापन
त्यस्तै, व्यक्तिगत तफृबाट बिक्रीका लागि छुट्याइएको १८ लाख कित्ता ऋणपत्र पनि सोही दिन बाँडफाँड क्यापिटलले जनाएकोे छ। १० वर्षे अवधि र वार्षिक ७.५० प्रतिशत ब्याजदर पाउने छने भने उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।








