मलेसिया आन्दोलन गरेर दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ परेका छन्। मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा दंगा भड्काएकाले उनीहरू पक्राउ परेका हुन्।
बिज्ञापन
हिलिर पेराकका प्रहरी प्रमुख बकरी जैनल अबिदिनले शुक्रबार बेलुकी ९:३५ बजेतिर जालान चांकाट जोङको बाटु–८ मा कारको ठक्करबाट मृत्यु भएपछि नेपालीले हूलदंगा गरेका थिए । त्यस क्षेत्रका लगभग १ हजार कामदार घटनास्थलमा भेला भएर ट्राफिक अवरुद्ध गरेका थिए। आन्दोलन गर्ने १ हजारमध्ये १३ जनालाई पक्राउ गरिएको हो।
बिज्ञापन
‘तेलुक इन्टान जिल्ला प्रहरी मुख्यालय ९आईपीडी० बाट एक टोली व्यवस्था पुनःस्थापित गर्न खटाइएको थियो, बिहान २ बजेसम्ममा स्थिति पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो, सबै नेपाली कामदार आ–आफ्नो छात्रावासमा फर्किए,’ हिलिर पेराकका प्रहरी प्रमुख अबिदिनले भने। उनका अनुसार पक्राउ परेकामाथि दण्डसंहिताको धारा १४७ अन्तर्गत अनुसन्धान भइरहेको छ । हिट एन्ड रन मुद्दा सडक यातायात ऐन १९८७ को धारा ४१९१० अन्तर्गत पर्दछ।
पक्राउ परेका सबैलाई चार दिनका लागि हिरासतमा राखिएको छ। अबिदिनले थप अनुसन्धानका लागि तेलुक इन्टान मजिस्ट्रेटको अदालतमा निवेदन दिएको बताए। ‘जनताको सुरक्षा कायम राख्न र उपयुक्त कानुनी उपायहरू लागू गर्न अधिकारीहरूले संलग्नहरूविरुद्ध कडा कारबाही गर्नेछन्,’ उनले भने।
बिज्ञापन
उनले जनतालाई घटनाको ’bout मा कुनै पनि जानकारी भएमा अगाडि आउन र अनुसन्धान अधिकारी मोहम्मद स्यामिललाई ०११–१००६ ५८१७ मा सम्पर्क गर्न आग्रह गरे । पक्राउ परेका नेपाली कामदार कार्यरत कम्पनी र उनीहरूको खुलाइएको छैन। यसअघि, फेसबुकमा विदेशी कामदारहरूको समूहले सडकमा दंगा गरिरहेको र ट्राफिक अवरुद्ध गरेको देखाउने भिडियो भाइरल भएको थियो।








