होमपेज > ट्रम्पको विरोध गरेको भन्दै अमेरिकाद्धारा दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुल निस्कासन्

ट्रम्पको विरोध गरेको भन्दै अमेरिकाद्धारा दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुल निस्कासन्

बिज्ञापन
बिज्ञापन

अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई निस्कासन गरको छ। अमेरिकाका विदेशमन्त्री मार्को रूबिओले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई अब अमेरिकामा स्वागत गर्न नपर्ने भनेर एक्समा लेखेका छन्।

बिज्ञापन

क्यानडामा जी-७ राष्ट्रहरुको विदेश मन्त्रीहरूबीचको बैठक सकेर अमेरिका फर्किएका रूबिओले राजदूत रसुललाई अमेरिका प्रवेशमा रोक लगाइएको बताएका हुन्। विदेशमन्त्री रूबिओले रसुलले जातीय राजनीति गरेको र अमेरिकी राष्ट्रपति ट्रम्पको कट्टर विरोधी भएका कारण उनलाई अमेरिकामा स्वागत गर्न नसकिने भनेर एक्समा लेखेका छन्।

बिज्ञापन

‘दक्षिण अफ्रिकी राजदूत रसुललाई हाम्रो महान देश अमेरिकामा स्वागत छैन। उनी एक जातीवादी हुन् जो अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन्,’ रूबिओले एक्समा लेखेका छन्। राजदूतसँग रसुल अयोग्य भएका कारण उनीसँग कुरा गर्नका लागि विषय पनि नरहेको उनले बताएका छन्।

राजदूत रसुललाई अमेरिकाले निस्कासन गरेको हो वा होइन भनेर ह्वाइट हाउसले केही नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसियटेड प्रेसले लेखेको छ। दक्षिण अफ्रिका र अमेरिकाबीच बढ्दो तनावका बीच रूबिओको भनाइले थप मलजल गरेको छ। यसअघि गत फेब्रुअरीमा ट्रम्पले अफ्रिकालाई अमेरिकी सहायता रोक लगाएका थिए।

बिज्ञापन

त्यसपछि अफ्रिकाकै कानुनलाई लिएर उनले मजाक उडाएका थिए। त्यहाँको कानुनले श्वेत किसानहरूको जमिन जफत हुन सक्ने भनेका थिए। त्यसो भए श्वेत किसानहरूलाई स्वागत गर्न अमेरिका तयार भएको अभिव्यक्ति ट्रम्पले दिएका थिए भनेर बिबिसीले लेखेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते