आज (शनिबार) राति मधेसबाहेक बाँकी छवटै प्रदेशमा हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिज्ञापन
महाशाखाका अनुसार राति कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपात र वर्षा दुवै तथा लुम्बिनी प्रदेशमा हिमपात मात्र हुने सम्भावना छ।
बिज्ञापन
कोसी प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
मधेस प्रदेशमा राति: तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ। बागमती प्रदेशमा रातिस् हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
बिज्ञापन
गण्डकी प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
लुम्बिनी प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
कर्णाली प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।








