राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बिज्ञापन
प्रधानमन्त्री केपीशर्मा ओलिको प्रमुख आतिथ्यतामा फागुन २६ देखि काठमाडौंमा पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ। सो सम्मेलन भोली २७ गतेसम्म चालु रहने छ। उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सम्मेलन प्रारभ्म भएको हो। नाडा सो सम्मेलनको वित्तिय सहयोगि भई सो सम्मेलनको आयोजक मध्येको एक संस्था भएको छ। नाडा आफ्नो इतिहासमा पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो।
बिज्ञापन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्र (MOU) मा हस्ताक्षर समेत भएको छ।
सो समझदारी पत्रमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेका हुन्। यसले रोजगारी र श्रमिकहरुको अभिबृद्धिका लागि सरकार र नेपालको नीजि क्षेत्र समन्वयात्मक रुपमा अघि बढने अपेक्षा गरिएको छ। यसलाई नाडाले सरकारको हरेक कदममा नीजि क्षेत्रलाई समेत सहभागी गराई अघि बढने संकल्पको रुपमा लिएको छ।
बिज्ञापन
सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु समेत दिएका छन्। आफ्नो प्रस्तुतिको क्रममा अध्यक्ष चौधरीले नेपालमा रोजगरीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढदो बसाइ सराइले पारेका प्रभावहरु, नेपाली विद्यार्थीहरुले अन्य मुलुकहरुमा जानकालागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोवाइल क्षेत्रले राजश्व मार्फत देशको अर्थतन्त्रमा दिएको योगदान,अटोमोवाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु,नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरुका विषयमा तथ्याङ्कगत प्रस्तुति दिएका हुन्।
उक्त सम्मेलनमा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती केन्द्रिय कार्यसमिति आमन्त्रीत सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो।








