होमपेज > प्रधानमन्त्री ओलीद्धारा बैंकको आलोचना: ‘खराब ऋणी हैन साहु भए’

प्रधानमन्त्री ओलीद्धारा बैंकको आलोचना: ‘खराब ऋणी हैन साहु भए’

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीहरूमाथि खराब व्यवहार गरेको टिप्पणी गरेका छन्।

बिज्ञापन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सोमबारबाट सुरु भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटनमा उनले ऋणी अप्ठ्यारोमा परेको बेला उसलाई सहयोग गर्नुको साटो बैंकले झन् घाँटी निचोर्ने व्यवहार भएको भन्दै आलोचना गरे।

बिज्ञापन

ऋणी अप्ठ्यारोमा परेको अवस्थामा ऋण असुल्न हतार गर्नुको साटो उसलाई ऋण थपेर व्यवसायलाई टिकाएर सहयोग गरेर मात्र ऋण असुल्नतिर लाग्नुपर्ने प्रधानमन्त्री ओलीले सुझाव दिए। उद्योगी व्यवसायीहरू अप्ठ्यारोमा परेको बेलामा बैंकहरुको ध्यान सहयोग र सहजीकरणमा भन्दा ऋण असुल्नतिर जाने गरेको भन्दै उनले बैंकहरुलाई त्यस्तो व्यवहार नगर्न सुझाव दिए।

उनले भन्ने बेलामा खराब ऋणी भनिए पनि वास्तवमा साहु खराब हुने गरेको भन्दै आलोचना गरे। अप्ठ्यारो परेको बेला सहयोग गरेर जसले अगाडि बढाउनुपर्ने ठाउँमा घाँटी निचोर्ने खालको काम हुने गरेको भन्दै यस्ता व्यवहारबाट जोगिन उनले बैंकहरुलाई आग्रह गरे।

बिज्ञापन

‘तरिका मिलायो भने त्यो रिटर्न हुन्छ। ऊ डुब्दैछ भने पहिले उसलाई उतार्नुपर्यो। ऊ डुबिहाल्यो भने त कहाँबाट तिर्छ?’ उनले भने।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते