अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसद भवनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै हुनुहुन्छ। गएको जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले पहिलो पटक कंग्रेसलाई सम्बोधन गर्न लाग्नुभएको हो।
बिज्ञापन
ट्रम्पले युक्रेनलाई सैन्य सहायता रोक्न आदेश दिएको र क्यानडा, मेक्सिको र चीनबाट अमेरिका प्रवेश गर्ने सामानहरूमा कर वृद्धिको घोषणा गरेको २४ घण्टाभन्दा कम समयमा उहाँको सम्बोधन हुन लागेको बीबीसीले जनाएको छ। राष्ट्रपतिको साथमा ह्वाइट हाउसका प्रवक्ता माइक जोनसन र उपराष्ट्रपति जेडी भान्स पनि हुनुहुने खबरमा उल्लेख छ। भान्स सिनेटको औपचारिक नेताको रूपमा दोहोरो भूमिकामा हुनुहुन्छ।
बिज्ञापन
कार्यक्रममा प्रतिनिधिसभा र सिनेट दुवैका डेमोक्रेटिक र रिपब्लिकन सांसदहरू उपस्थित हुनेछन्। यद्यपि डेमोक्याटहरूको समूहले कार्यक्रम बहिष्कार गर्ने बताएका छन्। पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा सङ्घीय निकायहरू विघटन गर्ने, हजारौँ सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने, रुसको समर्थनमा युक्रेनी समकक्षीको आलोचना गर्नेलगायतका विवादास्पद क्रियाकलाप गर्दै आउनुभएको डेमोक्याटहरूको आरोप छ। ट्रम्पका सल्लाहकार एलोन मस्क पनि दर्शकका रुपमा संसद भवनमा उपस्थित हुने अपेक्षा गरिएको छ।








